आरएसडीसी लघुवित्त र जेबिल्स् फाईनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

Nov 06, 2017 Merolagani

आरएसडीसी लघुवित्त (RSDC) को दुई सय प्रतिशत तथा जेबिल्स् फाईनान्स (JEFL) को शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुबै संस्थाले कातिक ५ गतेबाट समय थप गरेका थिए ।

आरएसडीसीले एक सय रुपैयाँ अंकित दरकोे २३ लाख २५ कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाट रहेको छ ।

हकप्रदमा भदौ १५ गतेसम्म कायम रहेका सेयरधनीले लाजिम्पाट तथा आरएसडीसी लघुवित्त कालिकानगर–१२, बुटवलबाट आवेदन गर्न सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयबाट समेत हकप्रद भर्न मिल्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता जेबिल्सले चुक्ता पूँजी बराबर नै २८ करोड ८९ लाख रुपैयाँ अर्थात २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयरको विक्री खुला गरेको हो । गत भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

फाईनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोड, उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढबाट पनि यो हकप्रदमा आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।