प्रभु बैंकको १६ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 11, 2019 10:02 AM Merolagani

प्रभु बैंक लिमिटेड (PRVU) को बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने कार्तिक २५ गते सोमबार अन्तिम दिन रहेको छ।

कात्तिक १५ गते बसेको बैंकको संचालक समितिको बैठकले मंसिर ६ गते बैंकको केन्द्रीय कार्यालय, बबरमहलमा दिउँको २ बजे अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैठकले सभाका लागि २६ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म ( कार्तिक २५ गतेसम्म) कायम शेयरधनी मात्र उक्त लाभांश पाउन योग्य हुनेछन्। 

सो सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ।

सो सभाले बैंकको सेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेगरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । हाल बैंकमा संस्थापक समूहको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी पनि प्रदान गर्ने एजेण्डा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।