हिमालयन इन्स्योरेन्सको लिलामीको सेयरमा उपत्यका बाहिर कहाँ आवेदन गर्ने ?

Nov 06, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि कात्तिक २७ गतेदेखि ७१ हजार ५३० कित्ता सेयर लिलामी गर्ने भएको छ । इन्स्योरेन्सको लिलामीको सेयरमा उपत्यका बाहेक देशभरका विभिन्न सात शहरबाट समेत आवेदन गर्न पाईनेछ ।



कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म जारी गरेको १६६ प्रतिशत हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा आएको हो । कम्पनीको लिलामीको सेयरमा मंसिर ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।


ईच्छुक लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी काठमाडौका साथै वीरगञ्ज, पोखरा, सुर्खेत, विराटनगर, बुटवल, नेपालगञ्ज र घनगढीमा रहेका एनएमबि बैंकका शाखा कार्यालय मार्फत पनि बोलपत्र पेश गर्न सकिनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हिमालयन जनरल इन्स्योरेन्सले १६६ प्रतिशत हकप्रद बेचेर बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्तापूँजी पुर्याउने पहिलो र्निजिवन बीमा कम्पनी समेत बनेको छ ।

हकप्रद जारीपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।