नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई गर्यो यस्तो आग्रह

Nov 06, 2017 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले आफ्नो सेयर अभौतिकिकरण नगराएका सेयरधनीलाई हितग्राही (डिम्याट) खाता खोली अविलम्ब सेयर डिम्याट गराउन आग्रह गरेको छ ।

इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७२/७३ मा सेयरधनीलाई वितरण गरेको २५ प्रतिशत बोनस सेयर अभौतिकिकरण गराईसकेका हितग्राही खातामा पठाईसकेको जनाएको छ । हालसम्म पनि भौतिक सेयर प्रमाणपत्र रहेका हकमा भने सेयरधनीलाई आफुसँग भएका सेयर प्रमाणपत्र डिम्याट गराईसकेपछि सिधै हितग्राही खातामा पठाउने जनाएको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बोनस सेयर भौतिक रुपमा वितरण गर्दा सेयरधनीलाई सेयर कारोबार गर्न पुन अभौतिक गर्नुपर्ने बाध्यता रहने भएकाले सिधै हितग्राही खातामा पठाउने व्यवस्था गरिएको कम्पनीको भनाई छ । यसअघि धितोपत्र बोर्डले सबै सूचीकृत संस्थालाई बोनस र हकप्रद सेयर प्रदान गर्न लगानीकर्ताको हितग्राही खातामा प्रदान गर्ने व्यवस्था गर्न /गराउन निर्देशन दिएको थियाे  ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।