सुधारको बाटोमा रहेको प्रभुलाई व्याज खर्च धान्नै मुस्किल

Nov 08, 2017 Merolagani

प्रभु बैंक (PRVU) ले खराब कर्जा घटाउँदै लगेपनि व्याज खर्च बढ्दा खुद नाफा तीन करोड रुपैयाँले घटेको वित्तिय विवरण बुधबार सार्वजनिक गरेको छ । बैंकले चालु आवको तीन महिना अवधिमा २५ करोड तीन लाख रुपेयाँ खुद नाफा गरेको छ ।

 

पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०५ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकले ६५ अर्ब २९ करोडको निक्षेप संकलनलाई बढाएर ८२ अर्ब ८४ करोडमा पुर्याएको छ भने कर्जा परिचालन ५१ अर्ब ७४ करोड रुपैयाँबाट ६६ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ ।

बैंकको निक्षेप संकलन र कर्जा परिचालन बढ्नु, ब्याज आम्दानीमा सुधार हुनु, सञ्चालन नाफा बढ्नु सकारात्मक पक्ष हुन् । तर निक्षेपमा प्रदान गरिने व्याज खर्च उल्लेखनीय रुपमा बढ्नु, कर्जा नोक्सनी व्यवस्थाको रकम थप गर्नुपर्ने अवस्था अाउनु, कर्मचारी खर्च र अन्य सञ्चालन शिर्षकका खर्च बढ्नु लगायतका कमजोरीले केही सुधारका बाबजुत प्रगति भने आशलाग्दो बन्न सकेको छैन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले जगेडा कोषमा उल्लेखनीय प्रगति गरेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा जगेडा कोष दुई अर्ब २८ करोडले बढाएर दुई अर्ब २८ करोड २४ लाख रुपेयाँ कायम गरेको छ ।

बैंकको व्याज आम्दानी बढाएपनि व्याज खर्च ४८ करोड ९५ लाखबाट एक अर्ब ३४ करोड १९ लाखमा पुगेपछि उसको खुद व्याज आम्दानीमा थोरै मात्र सुधार आएको छ । बैंकको खुद व्याज आम्दानी ४६ करोड ८२ लाखबाट पाँच करोडले बढाएर ५१ करोड ४२ लाख रुपैयाँमा पुगेको छ ।

ग्राण्ड बैंक तथा तत्कालिन किष्ट बैंकको खराब कर्जामा बैंकले धेरै सुधार गरेको अवस्था रहेको छ । बैंकको निस्क्रिय कर्जा ७.५४ बाट ४.२३ प्रतिशतमा कायम रहँदा पनि बैंकको कर्जा नोक्सानी वापतको फिर्ता रकम भने १३ करोड रुपैयाँ मात्र रहेको छ । जबकि बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको अवधिमा ३३ करोड रुपैयाँ खराव कर्जा असुली गरेको थियो । नोक्सानीमा रहेको संम्भावित जोखिम कोषको रकम भने एक करोड रुपेयाँले बढेको छ ।

पूँजी पर्याप्तता १०.५१ बाट ११.०२ प्रतिशतमा बढेकाले पूँजी कोषमा सुधार भएको छ । तर बैंकको कोषको लागत भने तीन प्रतिशतबाट ६.५५ प्रतिशतमा उक्लेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०४ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा बढी रहेको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।