सपोर्ट माइक्रोफाइनान्सको आईपीओको नतिजा यसरी हेर्नुस्

Nov 08, 2017 MEROLAGANI

सपोर्ट माइक्रोफाइनान्स (SMFBL) को साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड गरिएको हो । सेयर माग गरेकामध्ये ज्यादै न्युन आवेदकले मात्र १० कित्ता सेयर पाएका छन् ।



माइक्रोफाइनान्सको साधारण सेयरका लागि २ लाख ३७ हजार ६ सय १७ वटा आवेदन परेको थियो । जसमा २ हजार ३ सय ९६ आवेदन रद्ध भएका छन् । बाँकी रहेका २ लाख ३५ हजार २ सय ४८ आवेदनलाई मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ ।

सोही अनुसार लघुवित्तको सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो ।

आईपीओ नतिजा हेर्न मेरो लगानीको आइपीओ ( IPO RESULT ) रिजल्टमा गएर आइपीओ जारी गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट नम्बर भरेर सर्च गर्नुहोस् । तपाईले शेयर परे नपरेको नतिजा थाहा पाउनुहुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।