अरुण फाइनान्सको साधारण सेयर ११ जनालाई वितरण

Nov 12, 2017 Merolagani

अरुण फाईनान्स कम्पनी (ARUN) को लिलामीको साधारण सेयर १४१ रुपैयाँ बोलकबोल गर्नेले प्राप्त गरेका छन् भने संस्थापक सेयर १००.०१ रुपैयाँ बोलकबोल गर्ने बोलपत्र पेश गर्नेले प्राप्त गरेका अरुणको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलले दिएको जानकारी अनुसार एक लाख २५ हजार ३४७ कित्ता सेयरका लागि अधिकतम १५० रुपैयाँसम्मको आवेदन प्राप्त भएको थियो । लिलामीमा आवेदन गरेका कुल ४२५ जनामध्ये ११ जनाले मात्र सेयर प्राप्त गरेका छन् । 

त्यस्तैगरि एक लाख ८० हजार ८८६ कित्ता संस्थापक सेयरका लागि अधिकतम १०५ रुपैयाँसम्मको बोलपत्र प्राप्त भएको क्यापिटलले जनाएको छ । संस्थापक सेयरका लागि १९ जनाको बोलपत्र प्राप्त भएकोमा एक जनाले मात्र सेयर पाउन सकेनन् ।

अरुणले गत आर्थिक बर्षमा एक करोड ४६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८७ पैसा कायम गरेको थियो । फाइनान्सको सेयरमूल्य आईतबार प्रतिकित्ता १५३ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

भदौ ५ गतेदेखि असोज ९ गतेसम्म शतप्रतिशत हकप्रद जारी गर्दा अवितरित भएको सेयर फाइनान्सद्धारा कात्तिक १४ देखि २२ गतेसम्म लिलामी खुला गरेको थियो । सेयरको बोलपत्र शुक्रबार खुला गरिएको हो ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । केन्द्रीय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।