एनएमबिले रिजर्वमा आकर्षक वृद्धि गर्दा, खुद नाफामा आयो गिरावट

Nov 13, 2017 Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जगेडा कोषमा ५ करोडले वृद्धि गर्दा खुद नाफामा भने ६ लाखले घटेको छ ।

लघुवित्तको समीक्षा अवधिमा खुद नाफा ९४ लाख ८५ हजार रुपैयाँबाट ६.६५ प्रतिशतले घटेर ८८ लाख ५४ हजार रुपैयाँमा झरेको छ । व्याज खर्च तीन गुणाले बढेपछि त्यसको असर नाफामा देखिएको हो । 

समीक्षा अवधिमा लघुवित्त कम्पनीले ८ करोड ६३ लाख चुक्ता पूँजीबाट बढाएर १४ करोड ८७ हजार पुगेको छ । उसको जगेडा कोषमा सञ्चित रकम ८ करोड ५० लाख रहेको छ ।

चुक्ता पूँजीको वृद्धि र लगानीको अनुपातमा व्यापार विस्तार गर्न नसक्दा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । गत बर्ष यसै अवधिमा प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ९४ पैसा रहेकोमा घटेर २५ रुपैयाँ १४ पैसामा झरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

लघुवित्तले कम्पनीले निक्षेप २३ करोड ३१ लाख रुपैयाँबाट वृद्धि गरेर ४६ करोड ३ लाख रुपैयाँ पुर्याएको छ । चालू वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले चार करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी कायम गरेको छ । जुन ३५.४७ प्रतिशतको वृद्धि हो ।

यस अवधिमा कम्पनीको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च समेत दोब्बर हाराहारीमा बढेको छ ।
गत बर्ष २० लाख रुपैयाँ सम्भावित जोखिम वापत व्यवस्था गरेको एनएमबिको निष्कृय कर्जा अनुपात ०.३२ प्रतिशतले बढेपछि ६७ लाख ६८ हजार रुपैयाँ प्रोभिजन गर्नुपरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४० पैसा रहेको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।