महुली लघुवित्तले प्रतिसेयर आम्दानीमा लगानीकर्तालाई यसरी झुक्यायो

Nov 14, 2017 Merolagani

महुली लघुवित्त (MSLB) ले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चलाखी गरेको छ । निरन्तर पूँजी बढाउँदा कमाईमा खासै बढोत्तरी गर्न नसकेको लघुवित्तले लगानीकर्ता झुक्किने गरी वित्तीय बिवरण निकालेको हो । उसले वास्तविक प्रतिसेयर आम्दानी नदेखाएर ५० प्रतिशत बढी कायम भएको देखाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ सय ३ रुपैयाँ ५६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ५१ रुपैयाँ ७७ पैसामा झरेको छ । तर लघुवित्तले वित्तीय बिवरणमा ७७ रुपैयाँ ६५ पैसा प्रतिसेयर आम्दानी रहेको देखाएको छ । यसरी लघुवित्तले जानाजान लगानीकर्तालाई झुक्याउने गरी प्रतिसेयर आम्दानीको झुठो बिवरण सार्वजनिक गरेको बुझ्न सकिन्छ ।

समीक्षा अवधिमा दोब्बर बढीले पूँजी बढाउँदा किन प्रतिसेयर आम्दानी सोही अनुपातमा घटेको वित्तीय बिवरण प्रकाशित गरेन भन्ने प्रश्न उब्जिएको छ । समीक्षा अवधिमा उसको खुद नाफा ७२ लाख ४९ हजार रुपैयाँबाट ७७ लाख ६४ हजार रुपैयाँ मात्र पुगेको छ । चुक्ता पूँजी भने २ करोड ८० लाखबाट बढेर ६ करोड रुपैयाँ पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

पूँजी बृद्धि अनुसार कमाई नबढेपछि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको हो । लघुवित्तको जगेडा कोषमा १४ करोड २७ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको खराव कर्जा अनुपात ०.४८ प्रतिशतबाट बढेर १.७४ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ५०६.७७ रुपैयाँ छ ।

४ करोडको पूँजीलाई ५० प्रतिशत बोनसबाट ६ करोड पुर्याएको लघुवित्तले ५० प्रतिशत हकप्रद प्रस्ताव साधारण सभाबाट पारित गराई सकेको छ । उक्त हकप्रद निष्काशन भएपछि लघुवित्तको चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।