सप्तकोशी डेभलपमेन्टको संस्थापक लिलामी भर्ने बुधबार अन्तिम दिन

Nov 15, 2017 Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) ले कात्तिक २२ देखि लिलामीमा राखेको ८ लाख १६ हजार ६७७ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन गर्ने बुधबार अन्तिम दिन रहेको छ । यसअनुसार आज कार्यालय समयभित्र विक्री प्रबन्धक तथा तोकिएको स्थानमा आवेदन गरिसक्नु पर्नेछ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार बैंकको लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी, सप्तकोशीको कार्यालय विराटनगर, तथा एनएमबि बैंकको वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् ।

यसअघि बैंकले असोज २५ देखि कात्तिक १ गतेसम्म संस्थापक समूहको ९ लाख २५ हजार ५५७ कित्ता र सर्वसाधारण समूहको ४८ हजार १२० कित्ता लिलामी गरेको थियो । त्यस समयमा ठुलो परिमाणमा विक्री नभएपछि फेरी लिलामीमा ल्याइएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले असार ३० देखि भदौ ९ गतेसम्म १३० प्रतिशत बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर बिक्री गरेकाे थियाे ।

बाेलपत्र खुला गरिने मिति,समय र स्थानकाे जानकारी सबै संकलन केन्द्रबाट बाेलपत्र प्राप्त भैसकेपछि  गराइने क्यापिटलले जनाएकाे छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।