कालिका माइक्रो क्रेडिटको नाफामा ७०.४६ प्रतिशतको गिरावट

Nov 16, 2017 Merolagani

अघिल्लो आर्थिक बर्षमा ६५ प्रतिशत बोनस बाँड्ने क्षमता राखेकाे कालिका लघुवित्तको चालु आर्थिक बर्षको नाफमा उच्च गिरावट आउने देखिएको छ । माइक्रोफाइनान्सले विहीबार सार्वजनिक गरेको बित्तीय बिवरणमा कम्पनीको खुद नाफा ७० प्रतिशतले घटेर १६ लाख २३ हजार रुपैयाँमा झरेपछि याे अवस्था देखिएकाे हाे । 

पूँजी बढ्नुको प्रतिकुलमा खुद नाफामा गिरावट आएपछि लघुवित्तको प्रतिफल खस्कँदा प्रतिसेयर आम्दानी ४४ रुपैयाँ १२ पैसावाट ७ रुपैयाँं ८७ पैसामा झरेको छ । तरलता संकटले बचतमा अत्याधिक व्याज खर्च बढ्दाको बावजुत कम्पनीले खुद व्याज अाम्दानी बढाएपनि अन्य सञ्चालन आम्दानी धेरै घटेपछि खुद नाफामा भने ब्रेक लागेका हो ।

लघुवित्तले निक्षेप संकलन ६० र कर्जा लगानी ८० प्रतिशत भन्दा बढी बढाउँदा व्याज आम्दानी दुई करोड २१ लाखबाट तीन करोड ८० लाखमा बढेको छ । तर व्याज खर्च समेत ६२ लाख रुपैयाँबाट एक करोड ५९ लाखमा बढ्दा उसको खुद व्याज आम्दानी ६१ लाख रुपैयाँले मात्र बढ्न पुगेको छ ।

त्यस्तै लघुवित्तको कर्मचारी खर्च ७८ लाखबाट एक करोडमा ३४ लाख रुपैयाँ बढेको छ । अन्य सञ्चालन आम्दानीमा ६५ लाख २३ हजारले घट्दा उसको सञ्चालन आम्दानी ७८ लाख रुपैयाँबाट २५ लाखमा घटेको छ ।

निष्कृय कर्जा अनुपात १.७५ प्रतिशतमा बढ्दा उसको कर्जा नोक्सानी व्यवस्था वापत ४५ लाख २६ हजार छुट्टाएको छ । यस अवधिमा खराब कर्जा असुलीमा कुनै प्रगति गर्न सकेको छैन । कम्पनीको नेटवर्थ भने १६२ रुपैयाँ र मूलय आम्दानी अनुपात २५५ गुणा बढी रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।