२ खर्ब ८९ अर्ब पूँजी लगाएर २७ बैंकले कमाए ९ अर्ब ९ करोड नाफा

Nov 17, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २७ वाणिज्य बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ९ अर्ब ९ करोड खुद मुनाफा कमाएका छन् । यी बैंकहरुले चुक्ता पूँजी र जगेडा कोषको सहित २ खर्ब ८९ अर्ब रुपैयाँ पूँजी लगाएर उक्त रकम कमाएका हुन् ।



चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यी बैंकहरुको चुक्ता पूँजी एक खर्ब ८६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । साथै बैंकहरुले यस अवधिमा जगेडा कोषमा एक खर्ब ३ अर्ब ३० करोड रुपैयाँ जम्मा गरेका छन् ।

नेप्सेमा सूचिकृत २७ वाणिज्य बैंकहरु चुक्ता पूँजी र जगेडाकोष गरेर २ खर्ब ८९ अर्ब आफ्नै रकम परिचालन गर्ने अवस्थामा पुगेका छन् ।

२७ वाणिज्य बैंकमा नेपाली जनताको २० खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने बैंकहरुले १६ खर्ब ९१ अर्ब कर्जा परिचालन गरेका छन् ।

उक्त निक्षेप संकलन गरे बापत बैंकहरुले निक्षेप राख्ने ग्राहकलाई ३२ अर्ब ८६ करोड ब्याज तिरेका छन् । बैंकबाट ऋण लिएका ग्राहकहरुले यस अवधिमा यी बैंकहरुलाई ५० अर्ब १४ करोड ब्याज  तिरेका छन् । अर्थात बैंकहरुले १६ खर्ब ९१ अर्ब कर्जा परिचालन गरेर ५० अर्ब १४ करोड ब्याज आम्दानी गरेका हुन् ।

यस अाधारमा हेर्दा बैंकहरुले खुद ब्याज आम्दानी बाट मात्रै १७ अर्ब २८ करोड आम्दानी गरेका छन् ।

बैंकहरुले परिचालन गरेको कुल १६ खर्ब ९१ अर्ब कर्जामध्ये बैंकहरुले ४ अर्ब ३२ संम्भावित जोखिम वापतकाे  नाेक्सानी व्यवस्था गरेका छन् ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।