प्रिमियर इन्स्योरेन्सले खुद बीमा शुल्क ११.४३ प्रतिशतले बढाउँदा अन्य के के गर्यो ?

Nov 19, 2017 Merolagani

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC)ले  खुद बीमा शुल्क आर्जनको रकम बढाएर २१ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । गत बर्ष यसै समयमा कम्पनीले १९ करोड चार लाख रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ९ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत बर्ष उसको खुद दाबी भुक्तानी तीन करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

प्रिमियरले चुक्ता पूँजी ३७ करोड ३७ लाखबाट ४४करोड ८५ लाख रुपैयाँ पुर्याउँदा जगेडा कोषमा समेत ८२ लाख बढाएर १२ करोड ३२ लाख रुपैयाँ सञ्चिति राखेको छ । उसको महाविपत्ति कोषमा तीन करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले तीन करोड ७७ लाख रुपैयाँ आम्दानी गरि एक करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट कम्पनीले दुई करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

गत बर्षको यसै समयमा कम्पनीले दुई करोड चार लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा कायम गरेको थियो । पूँजी बढ्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी झण्डै ३ रुपैयाँले घटेको हो ।

यस अवधिमा प्रिमियरले जारी गरेको ४५ हजार ३६ बीमालेखबाट ४१ करोड ९२ लाख कुल बीमाशूल्क आर्जन गरेको छ । कम्पनीको गत बर्ष ३६ हजार १३० बीमालेखबाट ३४ करोड ३६ लाख आर्जन गरेको थियो ।

कम्पनीले एक हजार नौ दाबी भुक्तानीका लागि १२ करोड ७४ लाख रुपैयाँ खर्च गर्दा उसको अझै तीन हजार १३० वटा दाबी भुक्तानीका लागि एक अर्ब ६ करोड रुपैयाँको भुक्तानी गर्न बाँकी रहेको देखिन्छ । उसको नविकरण गरिएको बीमालेखको संख्या ७५७ वटा रहेको छ ।

इन्स्योरेन्सले गत बर्ष आठ सय ७० संख्याको दाबी भुक्तानीका लागि ३८ करोड ७९ लाख रुपैयाँ खर्च गरेको थियो भने दुई हजार ५१ वटा दाबी भुक्तानीका लागि एक अर्ब ३७ करोड रुपैयाँको भुक्तानी गर्न बाँकी रहेको थियो । सो समयमा उसको नविकरण गरिएको बीमालेखको संख्या ६४८ वटा रहेको थियो ।

इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ८५.९५ गुणा धेरै रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।