सानिमा इक्वीटी फण्डको आवेदन मंसिर १२ गतेबाट खुल्ने

Nov 20, 2017 merolagani

सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले ल्याएको एक अर्ब २० करोड रुपैयाँको ’सानिमा इक्विटी फण्ड’ मा मंसिर १२ गतेबाट आवेदन खुल्ने भएको छ । लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा न्यूनतम १०० इकाई देखि २४ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।



यस योजनाले १ करोड ८० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रबद्र्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गर्न लागेको हो ।

उक्त फण्डमा छिटोमा मंसिर १५ गते तथा ढिलोमा मंसिरमा २६ गतेसम्म आवेदन दिन सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।

इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ ।

कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

सानिमा बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालन रहने ‘सानिमा इक्विटी फण्ड’ पहिलो सामूहिक लगानीकोष योजना हो । सेयर बजारमा प्रत्यक्ष लगानी गर्न नसक्नेहरुको र बजारको जोखिम प्रत्यक्ष लिन नचहानेहरुको लागि सामूहिक लगानी कोषमा लगानी गर्नु राम्रो मानिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।