बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलामीबाट बेच्न धितोपत्र बोर्डको अनुमति

Nov 22, 2017 Merolagani

नेपाल धितोपत्रबोर्डबाट बैंक अफ काठमाण्डुले संस्थापक सेयर बोलकबोलमा बिक्री गर्ने अनुमति पाएको छ । साथै बैंकले संस्थापक सेयर लिलामीका लागि नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ : ४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकको ६१ लाख ५८ हजार ६७ कित्ता सस्थांपक सेयर लिलाम बढाबढ गरि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यस सम्बन्धमा केही दिनमा नै सार्वजनिक सूचना निकालिने बैंकले जनाएको छ ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको थियो । धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।