युनाइटेड मोदी हाइड्रोले ५ प्रतिशत नगद लाभांश दिने

Nov 23, 2017 Merolagani

युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले गत आर्थिक बर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 


लाभांश बापत कम्पनीले ५ करोड ७५ लाख रुपैयाँ लाभांश वितरण गर्नुपर्ने हुन्छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।

युनाइटेड मोदीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।