चीनमा करिब २०० उपभोग्य बस्तुको आयात शुल्कमा कटौती

Nov 27, 2017 bbc

चीनले ह्वीस्कीदेखि लत्ताकपडा लगायतका १८७ उपभोग्य बस्तुको आयात शुल्क कटौती गर्ने भएकोे छ । देशभित्रै खर्च गर्ने बानीको बिकास गर्दै आर्थिक बृद्धिलाई बढावा दिन यस्तो योजना ल्याइन लागेको चिनिया अधिकारीहरूले बताएका छन ।

चीनको वित्त मन्त्रालयले औषधीजन्य सामग्री, खाद्य सामग्री, स्वास्थ्य सम्बन्धि औजार, लत्ताकपडा र उत्पादनका विभिन्न क्षेत्रमा आयात शुल्क घटाएर १७.३ प्रतिशतबाट ७.७ बनाउने बताएको छ । उक्त खर्चमा कटौती डिसेम्बर महिनाबाटै सुरू हुने बताइएको छ ।

यो नीतिले विदेश यात्रामा गएको बेला सामानमा खर्च गर्नुभन्दा स्वदेश फर्केरै ती सामान किन्ने बानीको बिकास हुने बिश्वास लिइएको छ । यसलाई ‘खपत प्रेरित’ अर्थव्यवस्था बनाउने दिशामा परिवर्तनको एउटा हिस्सा मानिएको छ ।।
चीनमा विदेशी ब्रान्डका सामानहरूको माग बढिरहेको बेला चीनले ती उत्पादनलाई स्वदेशमै खरीद गर्न प्रोत्साहन गर्न खोजेको छ ।
लत्ताकपडा, दुग्धजन्य उत्पादन, खाद्य र अन्य उपभोग्य सामग्रीको आयात शुल्कमा गरिएको कटौतीले स्थानीय

आपूर्तिकर्ताहरूलाई प्रतिस्पर्धी बनाउन भूमिका खेल्ने अनुमान गरिएको छ । यसले लामो समयसम्म चिनीयाँ अर्थव्यवस्था र उपभोक्ताह?लाई फाइदा पुग्ने देखिन्छ । 

यदि सरकारले सुचना प्रविधि, एकान्टेन्सी र टेलिकम जस्ता सेवाको उदारीकरणमा ध्यान दिने हो भने यसले चिनीयाँ उत्पादकहरूलाई सहयोग मिल्ने बताइएको छ ।
स्कच ह्वीस्की उत्पादकहरूले चीनको यो कदमलाई उल्लेखनीय भएको भन्दै यसको स्वागत गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।