नेप्सेले हिमालयन डिष्टीलरीलाई के दियो चेतावनी ? कारोबार फुकुवा

Nov 29, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्च नेप्सेले बुधबारदेखि हिमालयन डिष्टीलरी (HDL) को सेयर कारोबार फुकुवा गरेको छ । डिष्टीलरीको संचालक समितिले लाभांसको बिषयमा गरेको निर्णय ढिलो गरी नेप्सेमा पठाएको भन्दै इन्साइडर ट्रेडिगको आशंकामा गत ७ गतदेखि कारोबार रोक्का गरेको थियो ।


डिष्टीलरीको संचालक समितिले गत कात्तिक २९ गते गरेको लाभांस सम्बन्धीको निर्णय मंसिर ६ गते मात्र नेपाल स्टकएक्सचेञ्जमा जानकारी गराएको थियो । उक्त बैठकले साधारण सभाको मिति तय गर्दै लगानीकर्तालाई २१.०५ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांस सम्बन्धी निर्णय गरेको सातासम्म सोको निर्णय सार्वजनिक नगर्नुले इन्साइडर ट्रेडिगं भएको अनुमान गर्दे नेप्सेले कम्पनीको कारोबार रोक्का गरेर अनुसन्धान थालेको थियो । नेप्सेका अनुसार संचालक समितको बैठक बस्नुअघि र त्यसपछि गरिएका कारोबारहरुको अनुसन्धानमै राख्दै कारोबार फुकुवा गरिएको हो  ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब आइन्दा सूचिकृत कम्पनी र नेप्सेबीच भएको सम्झौता अनुसार सेयरमूल्यमा प्रभाव पार्ने सूचना समयमै उपलब्ध गराउन चेतावनी दिदै कारोबार खुलाईएको जानकारी दिए । 'अझै पनि कम्पनीको पछिल्ला कारोबारहरु, विशेषगरी लाभांशको निर्णय गर्नुअघि र पछिका कारोबारहरुको अनुसान्धन गर्दे छौ, असमान्य देखिएको अवस्थामा कारबाहीका लागि सिफारीश गर्छो', पराजुलीले भने ।

...[यस कारण रोकियो हिमालयन डिष्टीलरीको सेयर कारोबार]...

कम्पनीले साधारण सभाका लागि मंसिर १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । साधारण सभाको सूचनाको प्रस्ताव नम्बर ६ मा जावलाखेल ग्रुप अफ कम्पनीज प्रालि, फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि र जेजिआई डिष्ट्रीव्युसन प्रालिसँग भएका सम्झौता अनुमोदन गर्ने उल्लेख छ । उल्लेखित सबै नीजि कम्पनीहरु विजयकुमार शाहका हुन् । सबै कम्पनीको अध्यक्ष विजयकुमार शाह छन् । डिष्टीलरीकी अध्यक्ष मार्गरेट टीजे शाह विजयकुमार शाहकी पत्नी हुन् । 

कम्पनीका अध्यक्षका श्रीमान विजयकुमार शाहले कम्पनीको आर्थिक कारोबार तथा उत्पादित रक्सीको बेचविखन तथा त्यसबाट आर्जन हुने नाफामा सिधा हस्तक्षेप गर्दै आएका छन् ।

...[हिमालन डिष्टीलरीले यसरी मच्चाउँदैछ दोहोरो लुट, झुटो प्रचार गरेर सेयर बजारमा चलखेल]...

शाहले आफ्नो मातहतका कम्पनीहरुलाई डिष्टिलरीको सबै काम गराउने बन्दोबस्त श्रीमतीको आडमा मिलाएका छन् । डिष्टीलरीको साधारण सभामा लगिने प्रस्तावमा पनि यो कुरा प्रष्ट रुपमा देख्न सकिन्छ । जीपी राजवाहक एण्ड कम्पनीलाई नै लेखापरीक्षकमा निरन्तरता दिने प्रस्तावले पनि डिष्टीलरीमा जालझेल बढेको प्रष्ट हुन्छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

नेप्सेले सहयोगी विकास बैंकको पनि कारोबार फुकुवा गरेको छ । बैंक सञ्चालक समितिले साधारण सभा र बुक क्लोजको निर्णय ढिला गरि सार्वजनिक जानकारीमा ल्याएपछि सोधपुछका लागि कारोबार रोक्का गरेको नेप्सेले सहयोगीलाई पनि चेतावनी दिएको जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।