एनएमबि क्यापिटलले सञ्चालन गरेको म्युचुअल फण्डहरूको कात्तिकमा कस्तो छ अवस्था ?

Dec 01, 2017 Merolagani

एनएमबि क्यापिटलले सञ्चालन गरेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ र एनएमबि हाइब्रिड फन्ड एल–१ को कात्तिक महिनाको वित्तीय विवरण शुक्रबार सार्वजनिक भएको छ । 

कात्तिक महिनामा सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाई खुद मूल्य १४ रुपैयाँ १६ पैसा र एनएमबि हाइब्रिड फन्ड एल–१ को १० रुपैयाँ ४७ पैसा रहेको छ । असोजको तुलनामा सुलभ इन्भेष्टमेन्टको प्रतिइकाई खुद सम्पत्ति मूल्य ३१ पैसा र हाइब्रिड फन्डको ८ पैसाले घटेको छ ।

पछिल्ला दिनहरूमा सूचीकृत कम्पनीकाे सेयरमूल्य घट्दा गर्दा म्युचुअल फण्डहरू भने अाफुले हाेल्ड गरेकाे सेयर विक्री गर्न थालेकाे छन् । जुन उनिहरूकाे वित्तीय विवरणमा बैंक माैज्दात बढेबाट पनि प्रष्ट हुन्छ । एकातिर मागकाे तुलनामा अापुर्ति बढी हुँदा दुबै म्युचुअल फण्डकाे समग्र लगानी घटेकाे छ भने अर्काेतिर कुल अाय दुबै कम्पनीकाे ऋणात्मक अबस्थामा रहेकाे देखिन्छ ।

५९ कम्पनीको सूचीकृत सेयरकाे लगानी सुलभ इन्भेष्टमेन्ट (NMBSF1) को  सूचीकृत सेयरकाे लगानी १५ कराेड ७४ लाख रूपैयाँले घटेर ४९ करोड ९० लाख रुपैयाँमा सीमित भएकाे छ । फण्डकाे  खुद सम्पत्ति मूल्य दुई करोड २७ लाख रुपैयाँले घटेको छ । 

फण्डले सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीमा दुई करोड ४९ लाख ७५० रुपैयाँ बराबरको २९ हजार २९५ कित्ता सेयर होल्ड गरेको छ । यस अवधिमा उसको बैंक मौज्दात रुपैयाँले १४ कराेड ७८ लाख रूपैयाँले बढेको छ ।

७ करोड ५० लाख इकाई जारी गरेको सुलभ इन्भेष्टमेन्ट फण्डको कुल आय ५१ लाख ७६ हजार ऋणात्मक रहेकाेमा  दुई करोड ७९ लाख रुपैयाँ ऋणात्मक बनेकाे छ । फण्डले आइपीओ र हकप्रद र बोनस सेयरमा चार करोड ५३ लाख ३८ हजार ११३ रुपैयाँ लगानी गरेको छ ।

 

उता ३९ वटा कम्पनीको तीन लाख ८८ हजार ७२४ सूचीकृत सेयरमा २७ करोड ७७ लाख रुपैयाँ लगानी गरेको एनएमबि हाइब्रिड फन्ड एल–१ (NMBHF1) को लगानी चार कराेड १९ लाख रूपैयाँले लगानी घटेकाे छ । उसकाे खुद सम्पत्ति मूल्य असाेजकाे तुलनामा ८८ लाख ४४ हजार रुपैयाँले घटेको छ । 

फण्डले सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीमा दुई करोड ५३ लाख ३४ हजार २५० रुपैयाँ बराबरको २९ हजार ८०५ कित्ता सेयर होल्ड गरेको छ । यस अवधिमा उसको बैंक मौज्दात चार कराेड ८९ लाख रुपैयाँले बढेको छ ।

१० करोड इकाई जारी गरेको फण्डको कुल आय ५५ लाख तीन हजारबाट ३३ लाख ६८ हजार ८०३ रुपैयाँ ऋणात्मक बनेकाे छ । हाइब्रिड फण्डले आइपीओ, एफपीओ, हकप्रद र बोनस सेयरमा एक करोड ६३ लाख चार हजार ८६ रुपैयाँ लगानी गरेको छ ।

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित यस योजनाको व्यवस्थापक एनएमबि क्यापिटल तथा प्रबर्द्धक एनएमबि बैंक रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।