एनएमबि माइक्रोफाइनान्सको पाँचौ साधारण सभा सम्पन्न, २५ प्रतिशत बोनस पारित

Dec 02, 2017 Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) को २५ प्रतिशत बोनस पारित भएको छ । लघुवित्तको मंसीर १५ गते शुक्रवार सम्पन्न पाँचौ बार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेको हो । कम्पनीले कर प्रयोजनका लागि १४ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७३/०७४ को नाफा - नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको छ ।

त्यस्तै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र विनियमावलीमा आवश्यक संसोधन गर्ने, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नुको साथै ब्यक्तिगत समुहबाट प्रतिनिधित्व गर्ने एकजना प्रतिनिधिको समेत नियुक्ति गरेको छ । 

बोनसपछि लघुवित्तको चुक्ता पूँजी ११ करोड २७ लाखबाट वृद्धि भई १४ करोड आठ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यस वित्तीय संस्थाको हाल ४८ करोड रूपैयाँ निक्षेप संकलन  गरि दुई अर्ब ७४ लाख कर्जा लगानी गरेको जनाएको छ ।

ट्याब्लेट बैकिङ कारोवार शुरुवात

साधारणसभाकोे अवसरमा लघुवित्तको अध्यक्ष उत्तम भ्लोनले ट्याब्लेट बैंकिङ सेवाको उद्घाटन गरेको छ । वित्तीय संस्थाका ग्राहक र कर्मचारीहरुलाई छिटो छरितो रुपमा केन्द्र बैठक सञ्चालन गर्नको लागि सो सेवा सुरुवात गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले ३८ वटा जिल्लाहरुमा शाखाकार्यालयहरु स्थापना गरी २०७४ कात्तिक मसान्तसम्ममा ६४ हजार १५२ जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । 

साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि एवम् एनएमबि बैंकका नायब महाप्रबन्धक प्रदिप प्रधानले एनएमबि माइक्रोले १० जिल्लाबाट हाल राष्ट्रिय स्तरको भएर ६७ वटा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले एनएमबि सञ्जालबिच एक आपसमा मिलेर आधुनिक प्रबिधिको भरपुर उपयोग गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजवुद वनाउदै अगाडी वढ्नुपर्ने बताए ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले ग्रामीण भेगको दुरदराजमा गई कार्य गर्ने त्रलमलाई निरन्तरता दिँदै चुनौतीकाबिच विभिन्न रणनीतिहरु तर्जुमा गरी प्रविधि, श्रोत तथा साधनहरु जुटाई दिगो लघुवित्त संस्थाको रुपमा अगाडी वढ्ने प्रतिबद्धता व्यक्त गरे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।