मिथिला लघुवित्तको बुकक्लोज, पुस १३ गतेसम्म कायम सेयरधनीले १५ प्रतिशत बोनस पाउने

Dec 04, 2017 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले पुस २९ गते डाकेको नवौं बार्षिक साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । लघुवित्तले पुस १४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले १३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

लघुवित्तले पुस २९ गते होटल वेलकम धनुषामा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभामा लघुवित्तले गत आर्थिक बर्षमा कमाएको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभामा बोनसपछि कायम हुने चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १० रुपैयाँ २८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।