काबेली बी वानको २५ मेगावाट वैशाखदेखि राष्ट्रिय प्रशारणमा जोडिने

Dec 05, 2017 merolagani

पाँचथरमा निर्माणाधीन २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत आयोजना (AKPL) ले वैशाख १० गतेदेखि राष्ट्रिय प्रशारणमा विद्युत प्रवाह गर्नेगरि आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ ।



फागुन अन्तिम साता परिक्षण उत्पादन थाल्ने र वैशाखमा राष्ट्रिय प्रशारणमा जोडिने लक्ष्यकासाथ आयोजनाले काम गरिरहेको आयोजनाका निर्देशक रमेश प्रसाद न्यौपानेले मेरो लगानीलाई जानकारी दिए ।

आयोजनाले आफ्नो अन्तिम कामको रुपमा विद्युत उत्पादन मेसिन जडान र आफ्नो भागमा परेको प्रशारण लाइन निर्माणको कार्य तिब्र पारेको छ । विद्युत उत्पादन मेसिन जडान कार्य थालिएको छ भने आयोजनाको भागमा परेको १६ वटा प्रशारण लाइन टावर निर्माणका कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ ।

करिब ४ अर्ब अनुमान गरिएको परियोजनाको लागत नाकाबन्दीले गर्दा केही बढ्न सक्ने आयोजनाले जनाएको छ । १ अर्ब ५० करोड चुक्ता पूँजी रहेको कम्पनीको यो आयोजनाबाट विद्युत उत्पादन थालेपछि ऋण घट्दै जाने र पहिलो वर्षदेखि नै आफ्ना शेयर धनीलाई वार्षिक १० प्रतिशत लाभाशं दिन सुरु गर्ने निर्देशक न्यौपानेले दाबी गरे ।

गत आर्थिक बर्षमा कम्पनीले एक करोड ४९ लाख १२ हजार रुपैयाँ घाटामा रहेको वित्तीय विवरण सार्वजनीक गरेको थियो । गत आर्थिक बर्षमा कम्पनीले कुनै आम्दानी गर्न सकेको थिएन ।

यसै बर्षदेखि विद्युत उत्पादन गर्ने भएकाले आम्दानी हुन थालेपछि जगेडा कोष धनात्मक हुने कम्पनीको भनाई छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको जगेडाकोष १ करोड ४८ लाख रुपैयाँ नकारात्मक छ ।

अरुण काबलीले एक अर्ब ८८ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको छ । परियोजना निर्माणका लागि जलविद्युत लगानी तथा विकास कम्पनी र ६ वटा वाणिज्य बैंकहरुले कर्जा लगानी गरेका छन् । कम्पनीमा इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंक लगायतले ऋण लगानी गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।