चिलिमे हाइड्रोपावरले मंसिर २७ गतेदेखि १० प्रतिशत नगद खातामै पठाउने

Dec 05, 2017 Merolagani



चिलिमे जलविद्युत कम्पनी (CHCL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत नगद लाभांश सेयरधनीले खातामा नै पाउने भएका छन् । कम्पनीको कात्तिक २४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर पारित गरेको थियो ।

यद्यपी कम्पनीले मंगलबार जारी गरेकाे सूचनामा १५ प्रतिशत नगद लाभांश वितरण  गर्ने उल्लेख छ ।

चिलिमेले हितग्राही खाता अद्यावधिक गरिसकेका सेयरधनीलाई मंसिर २७ गतेदेखि उनिहरुको बैंक खातामै नगद लाभांश पठाउने जनाएको छ ।

हालसम्म पनि हितग्राही खाता खोलेको निक्षेप सदस्यमा बैंक खाता अद्यावधिक नगराएका तथा भौतिक सेयर प्रमाण पत्र नै रहेका सेयर धनीको हकमा उनीहरुले सेयर डिम्याट तथा बैंक खाता अद्यावधिक गराएपछि मात्र प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

सेयर डिम्याट नगराएका सेयरधनीले सेयर डिम्याट गराएपछि मात्र लाभांश पाउने भएकाले सेयरधनीले आफुसँग भएको सेयर जति छिटो डिम्याट गराएर बैंक खाता अद्यावपिधक गराउँछन् त्यति नै छिटो लाभांश पाउनेछन् ।

तीन अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेले चालु आवको प्रथम त्रैमासमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।