चिलिमे हाइड्रोपावरले मंसिर २७ गतेदेखि १० प्रतिशत नगद खातामै पठाउने

Dec 05, 2017 Merolagani



चिलिमे जलविद्युत कम्पनी (CHCL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत नगद लाभांश सेयरधनीले खातामा नै पाउने भएका छन् । कम्पनीको कात्तिक २४ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर पारित गरेको थियो ।

यद्यपी कम्पनीले मंगलबार जारी गरेकाे सूचनामा १५ प्रतिशत नगद लाभांश वितरण  गर्ने उल्लेख छ ।

चिलिमेले हितग्राही खाता अद्यावधिक गरिसकेका सेयरधनीलाई मंसिर २७ गतेदेखि उनिहरुको बैंक खातामै नगद लाभांश पठाउने जनाएको छ ।

हालसम्म पनि हितग्राही खाता खोलेको निक्षेप सदस्यमा बैंक खाता अद्यावधिक नगराएका तथा भौतिक सेयर प्रमाण पत्र नै रहेका सेयर धनीको हकमा उनीहरुले सेयर डिम्याट तथा बैंक खाता अद्यावधिक गराएपछि मात्र प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

सेयर डिम्याट नगराएका सेयरधनीले सेयर डिम्याट गराएपछि मात्र लाभांश पाउने भएकाले सेयरधनीले आफुसँग भएको सेयर जति छिटो डिम्याट गराएर बैंक खाता अद्यावपिधक गराउँछन् त्यति नै छिटो लाभांश पाउनेछन् ।

तीन अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेले चालु आवको प्रथम त्रैमासमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।