नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश वितरण सुरु, कसरी लिने ?

Jan 16, 2018 Merolagani

नेपाल टेलिकम (NTC) ले गत आर्थिक बर्षकाे नाफाबाट वितरण गरेको ५५ प्रतिशत नगद लाभांश माघ २ गते मंगलबारदेखि वितरण थालेको छ । टेलिकमले बाँडेको कुल ८ अर्ब २५ करोड रुपैयाँ लाभांशमध्ये सरकारकाे स्वामित्व बाहेक अन्य लगानीकर्तालाई ७० करोड २० लाख ७५ हजार रुपैयाँको लाभांश वितरण थालेको हो ।

७ अर्ब ५४ करोड ७९ लाख २५ हजार रुपैयाँ लाभांश भने सरकारको ढुकुटीमा जानेछ । पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । पुस ३० गते आइतबार सम्पन्न दशौं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको थियो ।

धितोपत्र बोर्डको निर्देशन बमोजिम सेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्फत सेयरधनीहरूकै बैंक खातामा लाभांश वितरण गर्ने टेलिकमले जनाएको छ । यसका लागि सेयरधनीले हीतग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउनुपर्नेछ । हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले लाभांश पाउन सेयर डिम्याट गरेर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र प्राप्त गर्नछन् ।

पुस ११ गतेसम्म हितग्राही खातामामा बैंक खाता अद्यावधिक गराइसकेका तथा विगतमा एनएमबि बैंकबाट बैंक खातामा लाभांश प्राप्त गर्न निवेदन दिएका सेयरधनीको खातामा भने टेलिकमले स्वत: उनिहरूकै बैंक खातामा नगद लाभांश वितरण गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारण सेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको थियो । चालु आवको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।