राधी विद्युतको ७ करोड ६४ लाखको आइपीओ खुल्यो,कहिले र कहाँ गर्ने आवेदन ?

Dec 10, 2017 merolagani

राधी विद्युत कम्पनी लिमिटेड (RBCLL) ले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो ।



कम्पनीले निष्कासन गरेको आइपीओमा छिटोमा पुस ६ गते र ढिलोमा १७ गते सम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता सेयर गरी १० करोड २५ लाख रुपैयाँ बराबरको १० लाख २५ हजार कित्ता सेयर छुट्याएको थियो ।

जसमध्ये कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि ४ लाख १० हजार कित्ता सेयर गत बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो । तर उक्त सेयरमध्ये १ लाख ४९ हजार ५५० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।

स्थानीबासीलाई छुट्याएको मध्येबाट बिक्री हुन नसकेको सेयर समेत सर्वसाधारणलाई थप गरी कम्पनीले कुल ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि उक्त सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

 

कस्तो छ कम्पनी ?

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । कम्पनीले जारी पूँजीमध्ये ३० करोड पचहत्तर लाख संस्थापकहरुबाट संकलन गरिसेकेको छ ।

साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ ।

राधी साना जलविद्यूत ६० करोड रुपैयाँमा सम्पन्न भएको आयोजना हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन ।

साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।