सूर्योदयले १९ प्रतिशत बोनस पारित गराउन बोलायो साधारण सभा

Dec 15, 2017 Merolagani

सूर्योदय लघुवित्तले १९ प्रतिशत बोनस पारित गराउन स्याङजाको पालुवा मन्टेश्वरीमा पुस २२ गते शनिबार बिहान ८ बजे पाँचौ बार्षिक साधारण सभामा आह्वान गरेको हो । साधारण सभाको लागि कम्पनीले पुस ८ गते बुक क्लोज हुने जनाएको छ । यसअनुसार पुस ७ सम्म लघुबित्तको सेयर किन्ने तथा साबिकका सेयरधनीले बोनस पाउनेछन् ।

सभाले गत आर्थिक बर्षको नाफाबाट १९ प्रतिशत बोनस (७६ लाख रुपैयाँ) तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि चार लाख रुपैयाँको नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै साधारण सभामा यसअघि चौथो बार्षिक साधारण सभाबाट पारित भएको चार करोड रुपैयाँको ७० प्रतिशतले हुन आउने २ लाख ८० हजार कित्ता सेयर जारी गर्ने र कम्पनीको अधिकृत पूँजी १५ करोड तथा जारी तथा चुक्ता पूँजी ७ करोड ५६ लाख कायम गर्ने मुख्य एजेण्डा रहेको छ ।

चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि चार करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । हकप्रद जारी गर्दा कम्पनीको पूँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

सूर्योदय लघुवित्तको खूद नाफा भने गत बर्षका पहिलो त्रैमासको तुलनामा यो बर्ष करिब १९ लाख नौं हजार रुपैयाँले घटेर ४७ लाख ७३ हजार खुद नाफा कमाएको बित्तीय बिवरण सार्वजनिक गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ११ पैसा तथा प्रतिकित्ता सेयरमूल्य १२९३ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।