किसान माइक्रोफाइनान्सको सेयर २ जनाले कति मूल्यमा लिलामी सकारे ?

Dec 15, 2017 Merolagani

किसान माइक्रोफाइनान्स कम्पनी (KMFL) ले मंसिर १३ गतेदेखि मंसिर १९ गतेसम्म लिलामीमा ल्याएको सर्बसाधारण समूहको १ हजार ३५१ कित्ता सेयरको लिलामी बाँडफाँड भएको छ ।

लघुवित्त कम्पनीको सेयर विक्री प्रबन्धक सिभिल क्यापिटलले दिएको जानकारी अनुसार लिलामी सेयरको कटअफ २२५० रुपैयाँ कायम भएको छ । साधारण सेयरका लागि ४७ जना आवेदकले शिलबन्दी बोलपत्र पेश गरेकोमा जम्मा २ जनाले मात्र सेयर प्राप्त गरेका छन् । साधारण सेयरका लागि अधिकतम २३५१ रुपैयाँसम्मको आवेदन परेको थियो । 

किसान माइक्रोफाइनान्स कम्पनीले असोज ४ गतेदेखि कात्तिक ७ गतेसम्म २४.२२ प्रतिशत हकप्रद जारी गर्दा अवितरित भएको एक हजार ३५१ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

हकप्रद जारीपश्चात किसानको चुक्ता पूँजी चार करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको छ । बोनसपछि पूँजी चार करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

चालू आवको प्रथम त्रैमासमा कम्पनीले १२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ पाँच पैसा कायम गरेको छ । लघुवित्तको सेयर विहीबार प्रतिकित्ता २३०० रुपैयाँमा कारोबार भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।