गोर्खाज फाइनान्सले पुस २५ गते मंगलबार साधारण सभा गर्ने भएको छ भने खानीखोला हाईड्रोपावर कम्पनीले पुस २८ गते साधारण गर्ने जनाएको छ । गोखार्जको मंगलबार नेप्सेमा प्रतिकित्ता सेयरमूल्य १५९ रुपैयाँ तथा खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५२ रुपैयाँ रहेको छ ।
गत आर्थिक बर्षमा गोर्खाजले १३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ चार पैसा काय गरेको थियो । खानीखोलाले गत आवको वित्तीय विवरण नै प्रकाशित गरेको छैन । नियमनकारी निकायकाे अभावमा हाेटल र हाइड्राे पावर कम्पनीमा सार्वजनिक जानकारीमा ल्याउनुपर्ने धेरै सूचना अहिले पनि सेयरधनीले पाउन सकेका छैनन् ।