शतप्रतिशत बोनस वितरण गर्न स्ट्याण्डर्ड चार्टर्डले कहिले तोक्यो बुकक्लोज ?

Dec 22, 2017 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत बर्षको मुनाफाबाट शतप्रतिशत बोनस सेयर वितरण गर्न पुस १६ गते आईतबारदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस १३ गते विहीबार अर्थात पाँच कारोबार दिनभित्र बैंकको सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

चार्टडले यसअघि नै पुस २६ गते आर्मी अफिर्सस क्लब भद्रकालीमा दिउँसो १ बजे ३१ औँ बार्षिक साधारण सभा बोलाइसकेको छ । उक्त साधारण सभाले आफ्ना सेयरधनीहरुलाई एक बराबर एक कित्ताका दरले बोनसका साथै कर प्रयोजनका प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोग गरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने तथा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य पुस ६ गते विहीबार प्रतिकित्ता २०८६ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।