नेपाल टेलिकम, जलविद्युत्त विकास कम्पनी र नयाँ नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Dec 26, 2017 Merolagani

नेपाल टेलिकमको ५५ प्रतिशत, जलविद्युत्त विकास कम्पनीको पाँच प्रतिशत नगद लाभांश तथा नयाँ नेपाल लघुवित्त (NNLB) को २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । तीनै कम्पनीले  लाभांश वितरण गर्न  बुधबार सेयरधनी किताब बन्द गर्ने भएकाले पुस ११ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

नेपाल टेलिकमले गत आर्थिक बर्ष कमाएको १५ अर्ब एक करोड रुपैयाँ नाफाबाट ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस ३० गते डाकेको साधारण सभाका लागि कम्पनीले पुस १२ गतेदेखि बुक क्लोज गर्देछ । कम्पनीले आर्मी अफिर्सस क्लब भद्रकालीमा विहान ११ बजे साधारण सभा बोलाएको छ । 

चालू आवको प्रथम त्रैमासमा कम्पनीले चार अर्ब पाँच करोड ६५ लाख रुपैयाँ  खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १०८ रुपैयाँ १७ पैसा कायम गरेको छ । टेलिकमको सेयर आइतबार प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भएको छ । 

उता जलविद्युत्त विकास कम्पनीले गत आर्थिक बर्ष कमाए ४९ करोड नौं लाख रुपैयाँ नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस २८ गते डाकेको  छैटाैं बार्षिक साधारण सभाका लागि कम्पनीले पुस १२ गतेदेखि बुक क्लोज गर्देछ । कम्पनीले नक्साल व्याङ्क्वेटमा दिउँसो १ बजे साधारण सभा बोलाएको छ । 

चालू आवको प्रथम त्रैमासमा कम्पनीले २० करोड ७९ लाख रुपैयाँ  खुद नाफा कमाएर प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३२ पैसा कायम गरेको छ । जलविद्युत्त विकास कम्पनीको सेयर आइतबार प्रतिकित्ता १८० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरि नयाँ नेपाल लघुवित्तले गत आर्थिक बर्ष कमाएको ७० लाख पाँच हजार रुपैयाँ नाफाबाट २० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त कम्पनीले बोनसपछि कायम हुने चुक्ता पूँजीको २५० प्रतिशत ( एक बराबर दुई दशमलव पाँच) हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ । हकप्रदको बुक क्लोज भने कम्पनीले पछि प्रकाशित गर्नेछ ।

पुस २७ गते डाकेको पाँचौं बार्षिक साधारण सभाका लागि कम्पनीले पुस १२ गतेदेखि बुक क्लोज गर्देछ । कम्पनीले होटल जुगल धुलिखेलमा विहान ११ बजे साधारण सभा बोलाएको छ । 

दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपछि दुई करोड ४० लाख पुग्नेछ भने २५० प्रतिशत हकप्रदपछि उसको पूँजी ८ करोड ४० हजार कायम हुनेछ । 

चालू आवको प्रथम त्रैमासमा कम्पनीले दुई लाख ६९ हजार रुपैयाँ  खुद नाफा कमाएर प्रतिसेयर आम्दानी पाँच रुपैयाँ चार पैसा कायम गरेको छ । लघुवित्त कम्पनीको सेयर आइतबार प्रतिकित्ता ३०५२ रुपैयाँमा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।