जानकी फाइनान्सले १८% बोनस वितरण गर्न पुस ३० गते डाक्यो साधारण सभा

Dec 27, 2017 Merolagani

संस्थापक स्वामित्व ५१ प्रतिशतमा झारिने

जानकी फाइनान्स (JFL) ले पुस ३० गते २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पेट्रोलियम डिलर्स एसोसियसन जनकपुरमा विहान ९ बजे सभा डाकेको हो । बोनस वितरण गर्न कम्पनीले पुस १९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले बोनस प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् 

साधारण सभामा कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १८ प्रतिशत (६ करोड १५ लाख ३४ हजार ६३८ रुपैयाँ) बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनको लागि ३२ लाख ३८ हजार ६६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

फाइनान्स कम्पनीले संस्थापक समूहको सेयर स्वामित्व ६० बाट घटाएर ५१ प्रतिशतमा झार्ने भएको छ । यससँगै फाइनान्समा संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम हुनेछ ।

अन्य प्रस्तावहरुमा फाइनान्सले अन्य उपयुक्त संस्थासँग मर्जर एक्वीजिशन गर्नका लागि संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्गन गर्न मूल्याङ्कनकर्ता नियुक्ति, पारश्रमिक निर्धारण र आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभामा गरेको छ ।

त्यस्तै कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक र सर्वसाधारण गरि पाँच जना सञ्चालकको निर्वाचन, चालु आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, र वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

३४ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको जानकी फाइनान्सको बोनसपछि ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आवको प्रथम त्रैमासमा फाइनान्सले २७ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।