स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 28, 2017 Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक(SCB) काे शतप्रतिशत बोनस सेयर सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि पुस १६ गते आईतबारदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनी मात्र बोनस पाउनेछन् ।

चार्टडले यसअघि नै पुस २६ गते आर्मी अफिर्सस क्लब भद्रकालीमा दिउँसो १ बजे ३१ औँ बार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले आफ्ना सेयरधनीहरुलाई एक बराबर एक कित्ताका दरले बोनसका साथै कर प्रयोजनका प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

चार्टर्डले गत बर्षको कमाएको एक अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा र जगेडा कोषमा रहेको रकम उपयोग गरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने तथा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य पुस १२ गते वुधबार प्रतिकित्ता १९५५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।