अपि पावरले साधारण सभाका लागि तोक्यो बुकक्लोज

Dec 28, 2017 Merolgani

गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको अपि पावर (API) ले पुस २१ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोज अगाडि कायम भएका शेयरधनीमात्र बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।

पुस ३० गते डाकेको चौथौं वार्षिक साधारण सभामा कम्पनीले बोनसपछि कायम हुने पूँजीको दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । 

कम्पनीले गएको बर्ष नै हकप्रद निष्काशन गर्ने प्रक्रिया थालेको भएको पनि धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासनमा रोक लगाएको थियो । कम्पनीले साधारणसभाबाट हकप्रदको प्रस्ताव पारित गरेपनि धितोपत्र बोर्डले स्वीकृति दिने नदिनेमा भने अन्यौल नै छ । धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न यसअघि कडाई गरेको थियो ।

यस्ता छन् शर्त तथा मापदण्डहरु:-

प्रस्तावित आठ प्रतिशत बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाख रुपैयाँ पुग्नेछ । हकप्रद जारीपछि चुक्ता पूँजी तीन अर्ब ३९ करोड पुग्ने कम्पनीले जनाएको छ । उक्त पूँजीबाट एक अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा लगानी गर्ने जनाएको छ । साथै बाँकी एक अर्ब २६ करोड रुपैयाँ १८ मेगावाट क्षमताको विभिन्न सोलार आयोजनामा लगानी गर्ने जनाइएको छ ।

अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मे.वा क्षमताको अप्पर नौगड गाढको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । दार्चुलामा अवस्थित यो आयोजना अपि पावर कम्पनी लिमिटेडको दोस्रो आयोजना हो ।

यस अघि कम्पनीले ८.५ मे.वा क्षमताको आयोजना सफल रुपमा बिगत २ बर्ष देखि सञ्चालन गरिरहेको छ । कम्पनीले सौर्य उर्जाबाट १८ मे।वा क्षमताका विभिन्न्न सोलार आयोजनाहरु शुरु गर्न लागेको छ । सोलार आयोजनाहरु ६ महिना भित्र सम्पन्न गर्न सकिने कम्पनीले बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।