सेयर बजारमा थपियो तीन कम्पनीको १८ लाख ३४ हजार कित्ता सेयर

Dec 28, 2017 Merolagani

विहीबार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको १८ लाख ३४ हजार ६० कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । यसरी हकप्रद सूचीकरण गराउने कम्पनीहरुमा कञ्चन डेभलपमेन्ट बैंक(KADBL), समीट माईक्रोफाइनान्स(SMFDB), र किसान माईक्रोफाइनान्स (KMFL) कम्पनी रहेका छन् ।

 

कञ्चन डेभलपमेन्ट बैंकको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद रहेको छ । त्यसैगरि समीट माईक्रोफाइनान्सले ७ लाख १६ हजार ५६० कित्ता हकप्रद र किसान माईक्रोफाइनान्सको ७८ हजार कित्ता हकप्रद सूचीकरण भएको छ ।

नेप्सेमा सूचीकरण भएसँगै तीनै कम्पनीकाे हकप्रद सेयर सेयरधनीले खातामा प्राप्त भएपछि खरिदविक्री गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।