प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रदमा आवेदन खुल्यो,आस्वाबाटै गर्न सकिन्छ आवेदन

Dec 31, 2017 merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले निष्कासन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोे हो ।



कम्पनीको हकप्रद सेयरमा पुष १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन गर्नै सकिनेछ । हकप्रद जारी गर्न इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते सेयरधनी किताब बन्द गरेकाले मंसिर १४ गतेसम्म कायम कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हकप्रद सेयर विक्री गर्न कम्पनीले एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

साथै सेयरधनीले विक्री प्रबन्धकको कार्यालय बबरमहल, र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

मंसिर १ गते शुक्रबार सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणले चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रूपैयाँको २० प्रतिशत बोनस सेयर पारित गरेको छ । बोनस पूँजीकरण गर्दा ६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

बीमा समितिको निर्देशन अनुरुप ३५ करोड ८५ लाख रुपैयाँ पूँजी वृद्धि गरि २०७५ असार मसान्तसम्म कम्पनीले एक अर्ब रुपैयाँ कायम गर्नुपर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।