नुवाकोटको तुप्चेमा बन्नेभयो १९ मेगावाटको मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना

Dec 31, 2017 RSS

विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।

 

तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार व्यक्त गरे । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए । पाँच अर्ब रुपैयाँको लगानीमा परियोजना तयार हुने बताइएको छ ।

इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए ।

उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजना समेत गरेको थियो । तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्को दाबी छ । उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए ।

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना निर्माण चरणमा नै प्रभावित तथा अति प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीदेखि क्षमताअनुसारको काममा खटाउने प्रतिबद्धता आयोजनाले सार्वजनिक सुनुवाइमा गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमख सञ्जु पण्डित, प्रभावित क्षेत्रका विभिन्न वडाका अध्यक्षहरु, सरोकार भएकाहरु, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीले मन्तब्य र जिज्ञासा राखेका थिए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।