सिर्जना फाइनान्सले ६० प्रतिशत हकप्रद जारी गर्ने, वित्तीय विवरणमा कस्तो पर्ला असर ?

Jan 01, 2018 Merolagani

मर्जरकाे खोजी गर्दे

सिर्जना फाइनान्स (SFFIL) को पुस २२ गते डाकेको १७ औ बार्षिक साधारण सभामा ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक बर्षको नाफाबाट ३२.५ प्रतिशत बोनस वितरण गरेको कम्पनीले बोनसपछि कायम पूँजीको हकप्रद जारी गर्न लागेको हो ।

 

चालू आवको प्रथम त्रैमासमा कम्पनी २ करोड रुपैयाँ खुद नोक्सानी व्यहारेकाले ६० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको अवस्थालाई कसरी सुधार गर्छ, त्यो भने कम्पनीको दोस्रो त्रैमासिक अवस्थामा कति सुधार हुन्छ त्यसपछि नै आंकलन गर्न सकिन्छ ।

कम्पनीले सभामा मर्जर तथा एक्वीजिशनका सबै कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, अधिकृत पूँजी एक अर्ब कायम गर्ने र लेखापरिक्षक नियुक्ति र वित्तीय विवरण पारित गर्ने रहेका छन् ।

फाइनान्सले साधारण सभाका लागि कम्पनीले पुस ८ गतेदेखि सेयरधनी किताब बन्द गरेको छ । यसअनुसार पुस ७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् । हकप्रद निष्काशनका लागि फाइनान्सले छुट्टै बुकक्लोज गर्नेछ ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिर्जनाको बोनसपछि ४० करोड ६ लाख रुपैयाँ पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।