गुहेश्वरीको ४५ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन

Jan 04, 2018 Merolagani

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स (GMFILL) ले पुस १३ गतेदेखि खुला गरेको सर्वसाधारण समूहको ४५ हजार ८७६ कित्ता सेयर लिलामी भर्ने विहीबार अन्तिम दिन रहेको छ ।

 

फाइनान्स कम्पनीको सेयर बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ । लिलामीका लागि आबेदन गर्न चाहनेले क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरू लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट आवेदन दिन सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाएको क्यापिटलले मिलाएको छ ।

लगानीकर्ताले लिलामीका न्यूनतम १०० रूपैयाँलाई आधार मानेर आवेदन दिनुपर्नेछ । फाइनान्सले १२ देखि मंसिर १८ गतेसम्म हकप्रद बिक्री गर्दा अवितरित सेयरलाई लिलाम गर्न लागेको हो ।

लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रूपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।