कर्णालीको २२५ प्रतिशत हकप्रद माघ ११ गतेदेखि बिक्रीमा आउने

Jan 07, 2018 merolagani

कर्णाली विकास बैंक(KRBL) ले १ः२.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद सेयरको बिक्री माघ ११ गतेदेखि खुल्ला गर्ने  भएकोे छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।



पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले माघ ११ गतेदेखि फागुन १६ गतेसम्ममा बैंकको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कर्णाली विकास बैंकका शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी १५ करोड १० लाख छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ४९ करोड ७ लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास प्रतिवेदन अनुसार बैंक एक करोड ६९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।