एफपीओले समेत पाउनेगरी प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांस

Jan 09, 2018 merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) ले केही दिन अघिमात्र बिक्री गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) ले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको छ । कम्पनी संचालक समितिले १३.५२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।



साथै कम्पनीले उक्त बोनसमा कर बापत लाग्ने ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांस समेत वितरण गर्ने जनाएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस एफपीओ मार्फत बिक्री गरिएको ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयरले पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले गत पुष १६ गतेदेखि १९ गतेसम्म एफपीओ बिक्री गरेको थियो । जसको बाँडफाँड हुन अझै एक महिना लाग्नेछ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ पूजीकृत गर्दा कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । जसको १३.५२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५८ करोड नाघ्ने छ ।

कम्पनीले बीमा समितिले तोके बमोजिम एक अर्ब पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।