टुरिजमलाई गाभ्ने प्रक्रियामा रहेको मेगाले बोनस बाटै आठ अर्ब पुर्याउने

Jan 10, 2018 merolagani

टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंक (MEGA) ले गत बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ । बैंकले यसअघि बिक्री गरेको ६५ प्रतिशत हकप्रदले समेत पाउने गरी लाभांस घोषणा गरेर मर्जर अगावै आठ अर्ब चुक्ता पूँजी पुर्याउने भएको छ ।

बैंक संचालक समितिले बैंकले केही समय अघि बिक्री गरेको ६५ प्रतिशत हकप्रद सेयरपछि कायम चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख रुपैयाँको ९.४५ प्रतिशत बोनस दिने घोषणा गरेको हो । बोनस सेयरपछि मेगाको चुक्ता पुँजी ८ अर्ब ७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

मेगाले हालैमात्र विशेष साधारण सभा गरी टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि पारित गरिसकेको छ । टुरिजम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृयामा रहेको मेगा बैंकको चुक्ता पूँजी मर्जरपछि साढे ९ अर्ब रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८ करोड ११ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।