सानिमा बैंकका सेयरधनीलाई बोनस पाउन यस्तो सास्ती

Jan 11, 2018 Merolagani

सानिमा बैंक (SANIMA) का सेयरधनीले बोनस पाउन बोनसमा लाग्ने कर वापतको रकम बुझाउनु पर्ने भएको छ । बैंकले बोनसमा लाग्ने कर रकमको व्यवस्था नगर्दा सेयरधनीले बैंकको शाखा कार्यालयमा गएर सो कर बुझाउनुपर्ने भएको छ ।

सानिमाले बोनस सेयर प्राप्त गर्न सेयरधनीलाई बोनसमा लाग्ने कर वापतको रकम बुझाउन विहीबार सूचना जारी गर्दे आह्वान गरेको छ । बैंकले कर रकम सानिमा बैंकमा रहेको क्यापिटलको खाता नम्बर ००१०००१०६०७०७ मा जम्मा गर्न भनेको भनेको हो ।

सानिमा बैंकको असोज २९ गते सम्पन्न १३ औ बार्षिक साधारण सभाले १६ प्रतिशतका दरले बोनस सेयर पारित गरेको थियो । सो बोनसमा लाग्ने कर वापतको नगद लाभांशको व्यवस्था बैंकले नगर्दा बोनस पाउन सेयरधनीले थप कष्ट पाउने भएका हुन् ।

बैंकको सेयर ०७३ पुस २८ गते पश्चात खरिद गरेर बोनस पाउन योग्य सेयरधनीलाई बोनसमा लाग्ने कर सम्बन्धित सेयरधनीले नै बुझाउनु पर्नेछ । अझै पनि कतिपय बैंकहरुले बोनसमात्र वितरण गरेर बोनसमा लाग्ने कर रकम साधारण सभामा प्रस्ताव नगर्दा सेयरधनीलाई दुख हुने गरेको छ । शहरी स्थानका बसोबास गर्ने सेयरधनीलाई कर रकम बुझाउन त्यति गाह्रो नभएपनि ग्रामिण भेगका सेयरधनीहरुले भने यसबाट प्रतक्ष्य रुपमा अप्ठेरोमा पर्ने गरेको गुनासो गर्ने गरेका छन् ।

बोनसमा लाग्ने करको विवरण क्यापिटलको वेभसाइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ । कर रकम बैंकमा जम्मा गरिसकेपछि बैंकको शाखा कार्यालय वा क्यापिटलको कार्यालय नारायणचौर, नक्सालमा सम्पर्क राखी बोनस हितग्राही खातामा नै बोनस प्राप्त गर्न सक्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम जम्मा गर्नु नपर्ने सेयरधनीको बोनस भने सिडिएस एण्ड क्लियरिङ्गमा बोनस सूचीकरण पश्चात जम्मा गरिने बैंकको सेयर रजिष्ट्रार सनिमा क्यापिटलले जनाएको छ । बैंककाे बाेनस सेयर नेप्सेमा पुस २५ गते मंगलबार सूचीकृत भैसकेकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।