पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रद खुल्यो,कति भर्ने ?

Jan 14, 2018 Merolagani

पोखरा फाइनान्स लिमिटेड (PFL) ले पुस ३० गते आईतबारदेखि १५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन पाउनेछन् । हकप्रद निष्कासन बन्द हुने मिति फागुन ६ गते रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा पोखरा फाइनान्सका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

तपार्इले कति कित्ता हकप्रद  सेयर अावेदन गर्न पाउनुहुन्छ ? विक्री प्रबन्धककाे वेभसाइटकाे यस लिङ्कबाट थाहा पाउनुहाेस् । 

 फाइनान्सले १५ प्रतिशत हकप्रद निष्काशन गरेको भएपनि १० कित्ता सेयर हुनेले भने २ कित्ता कित्ता सेयर आवेदन गर्न पाउनेछन् । २० कित्ता सेयर हुनेले भने ३ कित्ताका लागि आवेदन गर्न सक्नेछन् भने ३० कित्ता सेयर हुनेले ५ कित्ताका लागि आवेदन गर्न पाउनेछन् ।

कम्पनीले एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६५ करोड ५७ लाख ८८ हजार कायम भएको छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७५ करोड ४१ लाख पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कायम गर्न गत आर्थिक बर्षमा कमाएको ८ करोड ७७ लाख नाफाबाट ५ करोडको बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

.....{पोखरा फाइनान्सले घोषणा गर्यो बोनस}.....

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीकाे सेयरमूल्य पुस २६ गते १७५ रूपैयाँमा काराेबार बन्द भएकाे छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।