टेलिकमले पारित गर्यो ८ अर्ब २५ करोड रुपैयाँ नगद लाभांश, कसकाे भागमा कति ?

Jan 15, 2018 Merolagani

मंगलबारबाटै लाभांश वितरण हुने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आव २०७३/७४ को मुनाफाबाट ५५ प्रतिशत अर्थात ८ अर्ब २५ करोड रुपैयाँ नगद लाभांश पारित गरेको छ । पुस ३० गते आइतबार सम्पन्न दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो ।

साधारण सभाबाट पारित लाभांश माघ २ गते मंगलबारदेखि नै हीतग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरूलार्इ क्रमश वितरण गर्ने टेलिकमले जनाएको छ । कुल ८ अर्ब २५ करोड रुपैयाँ नगल लाभांशमध्ये ७ अर्ब ५४ करोड ७९ लाख २५ हजार रुपैयाँ सरकारको ढुकुटीमा जानेछ । अन्य सबै लगानीकर्ताले ७० करोड २० लाख ७५ हजार रुपैयाँ पाउनेछन् । यसमध्ये टेलिकमका कर्मचारीले ३३ करोड ३३ लाख रुपैयाँ पाउनेछन् भने नागरिक लगानी कोषले २४ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।सर्वसाधारण लगानीकर्ताको भागमा ३६ करोड ६३ लाख मात्र पर्न आउने देखिन्छ । यसरी प्राप्त गर्ने लाभांशमा पाँच प्रतिशत कर लाग्नेछ ।

कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारण सेयरधनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत तथा नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
१५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको थियो । कम्पनीले बाँडेको लाभांश रकम सूचीकृत कम्पनीहरुले वितरण गर्नेमध्येको सबैभन्दा बढी हो । पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । गत वर्ष पनि टेलिकमले ५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष हुने व्यवस्था गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खुद नाफाका साथै गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

उनले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा लाग्ने समेत बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।