टेलियाले आफ्नो वेव साइटमार्फत एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाग्ने लभाकर तिर्ने दायित्व नभएको बताएको हो । कम्पनीले स्वीडिस डेलीले लेखेको समाचारको हबला दिदै आफ्नो वेसाइट मार्फत पुरानै अडान दोर्याएको छ ।
ठूला करदाता कार्यालयले एनसेलको ८० प्रतिशत सेयर बिक्रेता टेलियासोनेरालाई सेयर बिक्री गर्दाको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको थियो । ठूला करदाता कार्यालयले गत बुधवार सार्वजनिक सूचना जारी गर्दै टेलिया कम्पनीलाई लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता ६५ अर्ब ४० करोड ३१ लाख नाघेको र सो कर चुक्ता गर्न निर्देशन दिएको हो ।
यसअघि गत जेठ १३ मा करदाता कार्यालयले टेलिया सोनेरालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो।
टेलिया कम्पनीको स्विडेन स्थित मुख्यालयको नाममा कर कार्यालयले सूचना जारी गरेको थियो। नेपालबाट बाहिरिसकेको कम्पनीले भने आफुले कर तिर्नु पर्ने दायित्व नभएको बताउँदै आएको छ ।
१५ दिन भित्र कर भुक्तानी नगरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ ले भने बमोजिमका प्रकृया अबलम्बन गरी कर असुल उपर गर्न कर कार्यालय बाध्य हुने ठूला करदाता कार्यालयको सूचनामा छ । सन् २००८ देखि २०१६ सम्म एनसेल टेलियाको मातहतमा रहेको थियो ।
२०७२ चैत्रमा टेलिया सोनेरालाले एक्जियटालाई एनसेलको स्वामित्व विक्री गरेको थियो । त्यत्तिबेला टेलियाले ६० अर्ब ७१ करोड रुपैयाँ नेपाल सरकारलाई पूँजीगत लाभाकर बापत बुझाउनु पर्ने देखिएको थियो । अहिले त्यसको ब्याज तथा हर्जना समेत गरेर ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
सर्बोच्च अदालतले एनसेललाई २५ अर्ब रुपैयाँ लाभांश बिदेश लैजान बाटो खोलिदिएपछि ठूला करदाता कार्यालय बक्यौता रहेको कर असुलिमा लागेको थियो । साथै कर कार्यालयले १५ दिनभित्र उक्त पूँजीगत लाभकर नतिरेमा कर ऐन २०५८ अनुसार असुल उपर गरिने चेतावनी समेत दिएको छ ।
तर टेलियासोनेराले भने आफ्नो कुनै दायित्व नभएको दाबी गरेको छ ।