सूर्या लाईफ इन्स्योरेन्सको बोनस सूचीकृत

Jan 19, 2018 Merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीले शुक्रबार ६ लाख ५६ हजार २५० कित्ता कित्ता सेयर सूचीकरण गराएको हो ।

 

सूर्या लाईफको गत भदौ २७ गते सम्पन्न नवौं बार्षिक साधारणसभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यहि सेयर कम्पनीले शुक्रबार सूचीकरण गराएको हो ।

साथै कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा बोनसपछि कायम पूँजीको ४० प्रतिशत (१० बराबर चार अनुपातमा)  २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद शेयर जारी गर्न  धितोपत्र बोर्डमा पुस २४ गते निवेदन पेश गरेको छ । हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँको रहेको कम्पनीको ४० प्रतिशत बराबरको कित्ता हकप्रद जारी पश्चात एक अर्ब एक करोड छ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

जीबन बीमा कम्पनीले बीमा समितिकाे निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुर्इ अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ कराेड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले पाँच करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३८ पैसा कायम गरेको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।