कृषिले माघ २९ गते बोलायो साधारण सभा, २० प्रतिशत बोनस प्रस्ताव

Jan 20, 2018 Merolagani

सरकारी स्वामित्वको कृषि विकास बैंक (ADBL) ले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले बोनस पारित गर्न माघ २९ गते विहान ११ बजे बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ औ बार्षिक साधारण सभा डाकेको छ ।

सभामा कृषि विकास बैंकले चुक्ता पूँजी ७ अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशत बराबरको एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस वितरण गर्न लागेको हो । गत आर्थिक बर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश (७ करोड ४६ लाख सात हजार १५८ रुपैयाँ तथा सरकारलाई अग्रधिकार सेयर वापतको ६ प्रतिशत नगद ( ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ) लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले प्रबन्धपत्र तथा नियमावली संसाेधन र सञ्चालक समितिलाइ अावश्यक संसाेधन गर्नका लागि अख्तियारी प्रदान गर्ने  लगायतका प्रस्ताव रहेका छन् । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले माघ १५ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले माघ १४ गते आईतबार सम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्नेछन् । हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।