कृषि विकास बैंकले बोनसका लागि कहिले तोक्यो बुकक्लोज ?

Jan 21, 2018 Merolagani

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस वितरण गर्न माघ १५ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार माघ १४ गते आईतबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्नेछन् ।

बोनस पारित गर्न माघ २९ गते विहान ११ बजे बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ औ बार्षिक साधारण सभा डाकेको छ । सभामा कृषि विकास बैंकले चुक्ता पूँजी ७ अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशत बराबरको एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस वितरण गर्न लागेको हो । 

गत आर्थिक बर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश (७ करोड ४६ लाख सात हजार १५८ रुपैयाँ) तथा सरकारलाई अग्राधिकार सेयर वापतको ६ प्रतिशत नगद (३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ) लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन र सञ्चालक समितिलाइ आवश्यक संसोधन गर्नका लागि अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।