तीन बाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक

Jan 22, 2018 RSS

विभिन्न बैंकले चालू आवको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स् बैंकले आफ्नो विवरण सार्वजनिक गरेका छन् ।

विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २० रूपैयाँ रहेको छ ।

सिद्धार्थ बैंकले ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.५० प्रतिशत छ भने प्रति शेयर आम्दानी २२ रूपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

त्यस्तै सिटिजन्स बैंकले चालू आवको ६ महिनामा ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानीर १५ रूपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।