सि-आश्वा पूर्ण रुपमा कार्यन्वयनमा आयो,अब घरमै बसेर सेयर भर्न सकिने

Jan 23, 2018 merolagani

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सि-आश्वा प्रणाली पूर्ण रुपमा कार्यन्वयनमा ल्याएको छ । यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ ।

सिडिएसले सार्वजनिक सूचना प्रकाशित गर्दे आजैका मितिबाट पूर्ण रुपमा सि आश्वा प्रणाली लागु गरिएको जनाएकाे छ । सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित  सरोकारवालाहरु सबैमा जानकारी गराएको छ ।

यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु नपर्ने सिसडएसिले जनाएको छ ।

सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन ।

त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने हुँदा बाँडफाँडको प्रक्रिया समेत छोटिने सिडिएसीको भनाई छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हालसम्म सि-आस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । सिडिएसले सदस्यता नलिएका बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै सिडिएसले लगानीकर्तालाई पनि आफ्नो बैंक खाता रहेको बैंक मार्फत सि आस्वामा दर्ताभई सि आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह समेत गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।